‘माग्ने बुढा’ प्रहरीको फ’न्दामा (भिडियो सहित)

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गायिका आस्था राउत प्रहरीको फ’रार सूचीमा परेको घ’टनाले बहस पाइरहेका बेला अर्का कलाकार माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । तर गायिका आस्थाको पक्ष र विपक्षमा बहस भइरहे पनि माग्ने बुढाले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका बताएका छन् ।

बुधबार बिहान सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । यसपछि दिउँसो उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका जानकारी दिए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गर्दै ‘तपाइँले सिट बेल्ट लाउनु भएको रहेनछ कारबाही गर्छु है’ भनेको उनले बताए । त्यसपछि आफूले कारबाही गर्न मञ्जुरी जनाएको बताए ।

महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाए । उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन गरेको भन्दै आभार व्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।