‘द कार्टुन क्रु’को ठूलो टीम २ जनामा मात्र सिमित भएपछि सरोज र आश्माले यसरी पोखे दुखेसो (भिडियो सहित)

काठमाडौ । ‘द कार्टुन क्रु’ नेपालको चर्चित डान्सिङ्ग क्रुको रुपमा परिचित छ । चर्चा संगै यो ग्रुप सुरुवातबाट नै विवादमा तानिरहेको छ । द कार्टुन क्रु फुटेपछि अहिले दुई जनामा सिमित रहेको अवस्था छ ।

द कार्टुन क्रुबाट ४ सदस्यहरु एक महिना अघि बाहिरिएका छन् जसले गर्दा यो ग्रुपले आलोचना सहनु परेको थियो । अहिले द कार्टुन क्रुलाई सरोज अधिकारी र आश्मा विश्वकर्माले अगाडि बढाईरहेका छन् ।

सरोजमाथि आरोप लाएर जब ४ सदस्य बाहिरिएका थिए, सरोज र आश्मा डि’प्रेसनमा समेत पुगेका थिए । सबैबाट आरोप र आलोचना पाएपछि डि’प्रेसनमा पुगेको तर जीवन यस्तै हो भनेर अगाडि बढेको भन्दै सरोज र आश्माले आफ्नो दुखेसो पोखेका छन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै सरोजले भने, “हामीले करोडौ कमायौ भन्दै हामी माथि हिल्लो छ्यापे ।अचम्म लाग्छ युट्युबबाट कसरी करोडौ कमायौ हामीले ? साथिहरुले समेत हामीलाई नबुझी छोडेर गए । छोडेर मात्र गएनन् हामी माथि आरोप लाएर दोषी बनाएर गए । हामी त डि’प्रेसनमा समेत पुगेका थियौ ।”

आश्मा विश्वकर्मा भन्छिन्, “साथि भनेको पनि अफ्ठ्यारो समयमा चिनियो । हाम्रो साथ छोडेर गए र आरोप लाए तर कसैले हामीलाई सोध्न फोन गरेनन् बरु सबैले नबुझी दोष लाउदै हिंडे । साथिहरु कसैले पनि खास कुरा के हो भनेर बुझ्न खोजेनन् । जीवन यस्तै हो भनेर सहँदै गईयो । एक समय त यो क्रु छोडेर कत्तै जाउ समेत भएको थियो तर हिम्मत हारेनौ ।”

सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ भिडियो ‘डलर’ अहिले ट्रेण्डिङ्गमा छ । आर्जन पाण्डेको गितमा सरोज र आश्मासंग वर्षा राउतले डान्स गरेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।