भारतमा अध्ययनरत सेड्रिनालाई अनुभवको विवाहको चिन्ता !, सेड्रिनाको कुरा सुनेर अनुभव नै छक्क (भिडियो सहित)

काठमाडौ । नाइँ न भन्नु ल ५ बाट डेब्यु गरेकी बाल कलाकार सेड्रिना शर्मा अहिले भारतमा अध्ययन गर्दै छिन् । स्कुल छुट्टीको बेला काठमाडौ आएको समयमा चलचित्रको आफ्नो सहयात्री अनुभव रेग्मीसंग भेटेर पुराना कुराहरु स्मरण गरेकी छिन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्ने क्रममा अनुभव र सेड्रिनाले नाइँ न भन्नु ल ५ को शुटिङ्गको क्रममा कलाकारहरु संग गरेको रमाईलो क्षणहरु स्मरण गरेका छन् र फेरी शुटिङ्गको लागि जाने रहर समेत व्यक्त गरेका छन् ।

सेड्रिनालाई अनुभवसंग काम गर्दा धेरै रमाईलो भएको र धेरै कुराहरु सिक्न समेत पाएको बताएकी छिन । आफुलाई अनुभवसंग फेरी काम गर्ने रहर भएको समेत स्पष्ट पारेकी छिन् ।

अनुभव रेग्मी अहिले प्रेम गित ३ को शुटिङ्ग सकेर बसिरहेका छन् भने सेड्रिना शर्मा भने भारतमा आफ्नो पढाई अघि सारिरहेकी छिन् । सेड्रिना शर्मालाई भारतमा रहे पनि नेपालको माया रहेको र अझै नेपालि चलचित्रमा काम गर्ने रहर लागेको बताईन । आफुलाई चलचित्रमा काम गरु गरु लागेको तर पढाईले गर्दा अहिले यो छेत्रबाट टाढा रहनु परेको उल्लेख गरेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।