बजारीकरणले हैरान बनायो !
धनकुटा खबर । कृषि क्षेत्रको बजारीकरणको समस्याले गर्दा किसान देखि व्यापारीहरु सम्मले हैरान बनाएको आज धनकुटाको सिंधुवामा प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना कार्यन्यन इकाईले गरेको कृषक व्यापारी तथा सरोकार वालाहरु संगको गोष्ठी कार्यक्रमा व्यापारी र किसानले नेपालको विद्ययमान निकासी र बजारीकरणले हैरान बनाएको धारण राखेका हुन् ।
कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाल कार्यन्यन इकाई प्रमुख देविन्द्र साहुले उत्पादीत कृषि बस्तुको बजारी करणमा देखिएका समस्या लाई सम्वोधन गर्न र आफ्नो उत्पादनको मूल्य पाउने बातावरणको सिर्जना गर्नका लागि गोष्ठी प्रभाबकारी हुने अपेक्षा लिएको बताए ।
कार्यक्रमा बोल्दै अगुवा कृषक तथा शुलभ बचत तथा ऋिण सहकारी संस्थाका अध्यक्ष मेगेन्द्र गुरुङ्गले बजारमा व्यापारीहरुको उपस्थिती लाई नकारात्मक रुपमा लिन नहुने बताउँदै किसानले रगत पसिना बगाएर उत्पादन गरेको बस्तुको मुल्य तोक्ने र लागत अनुसारको मूल्य व्यापारीले किसानलाई दिनु पर्ने बताए ।

कार्यक्रमा बोल्दै कृषक खड्ग पौडेलले भने सबै क्षेत्रमा तिर्नु पर्ने कर किसान लाई जोडिएको बताउँदै र मल, विउ, कृषि सामग्री र लागत जोड्दा कृषक सबै भन्दा बढी मारमा परेको बताए । कार्यक्रमा बोल्दै प्रमुख अतिथी छथरजोपाटी गाउँपालिका अेको अध्यक्ष शेरबहादुर लिम्बुले कृषि क्षेत्रको विकासका लागि तीन तहको सरकार लागि परेको बताउँदै लागतको आधारमा वस्तुको मूल्य निर्धारण हुन आवश्यक रहेको धारण राख्नु भएको थियो ।
सरकारले नगद दिने भन्दा पनी किसान लाई लागत भन्दा कम मूल्यमा बस्तु बेच्नु परेमा त्यसको क्षेतिपुर्ति दिने व्यावस्था ल्याउन आवश्यक रहेको बताउँदै गाउँपालिकाले अनुदान भन्दा पनी बिना धितो र बिना व्याजको सापटी दिने व्यावस्था ल्याउँन लागेको समेत बताउँनु भयो ।
कार्यक्रमा बोल्दै जोन व्यावस्थापन समितीका अध्यक्ष मेघबहादुर खड्काले सरकार र निती निर्माताहरुले बजारी करणमा दिखिने समस्या लाई पूर्ण रुपमले समाधान गर्नु पर्ने र किसानले समेत आफ्नो उत्पादन लाई गणस्तरिय बनाउन ध्यान दिनु पर्ने बताउँनु भयो ।


