प्रवासी तामाङ समाज कतारद्वारा मञ्जुश्री संवत् २८५६ औ (जीवा/ नाम्युङ ल्हो) मुसा वर्ग साँस्कृतिक कार्यक्रम- २०२० सम्पन्न

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले मञ्जुश्री संवत् २८५६ औ (जीवा/ नाम्युङ ल्हो) मुसा वर्ग साँस्कृतिक कार्यक्रम- २०२० सम्पन्न गरेको छ ।

समाजले तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘ सोनाम ल्होछार घर घरमा मनाउँ, संस्कार संस्कृतिको संरक्षण एवं प्रबर्द्धन गरौ ‘ भन्ने मुल नाराको साथ जनवरी २४ तारिख शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा समाजका कलाकार टोलीले तामाङ समुदायको संस्कृति झल्किने विभिन्न नृत्य, डम्फू गीत, म्हेन्दोमाया नाच लगायतका झाँक्री प्रस्तुत गरेका थिए । त्यसैगरी तमु समाज कतार शुभकामना लेखिएको ब्यानरसहित र्‍यालीमा सहभागी भएका थिए ।

समारोहका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष शिवा भुजेलले तामाङ समाज कतारले व्यस्तताका बाबजुद प्रवासमा समेत भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज परम्परालाई जीवन्त राख्न स्थापनाकालदेखिनै लागि परेकोमा धन्यवाद दिए । वर्तमान नेपाल सरकारले जनजातिहरुका राष्ट्रिय चाडहरुको बिदा कटौती गरी विभेद गरेको अध्यक्ष भुजेलले बताए । आदिबासी जनजाति एक भई राजनीति मुद्दालाई बुलन्द पारी समान हक अधिकारका लागि राज्यसत्ताको बाघडोर घचघच्याइ रहनुपर्छ अध्यक्ष भुजेलले भने, ।

कार्यक्रममा सस्थाका विशेष सल्लाहकार माइला वाइवा तामाङले तामाङ समुदायको नयाँ वर्षको रुपमा मनाइने मौलिक तथा राष्ट्रिय चाडका बारेमा प्रकाश पारे । सल्लाहकार तामाङका अनुसार २ वटा शब्द मिलेर बनेको ल्होछार ‘ल्हो’ को अर्थ साल ‘छार’ को अर्थ नयाँ हुन् । ल्होछार अर्थात नयाँवर्ष हो । नेपालका प्राय बुद्ध धर्मलाम्बीहरुले ‘ल्होछार’कै नामबाट नयाँवर्ष मनाउने प्रचलन रहेको तामाङले बताए ।

समारोहमा बागमती प्रदेश समन्वय परिषदका अध्यक्ष समीर केसीले, एनआरएन कतारका महासचिव पदम गिरी, तमु समाज कतारका अध्यक्ष भाइ काजी गुरुङ लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्यका क्रममा मौलिक चाडपर्वहरू संसारको जुनसुकै देशमा पुगेपनि भुल्न नहुनेमा जोड दिएका थिए ।

कतारको मिसाइदस्थित अम्वाज क्याम्प -२,मा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित सेलो गायक तथा सङ्गीतकार सञ्जीव वाईबा, प्रथम नेपाल आईडल बुद्ध लामा, म्हेन्दोमाया गायक राम गोम्ज, सेलो गायिका अञ्जु लामा र स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति धिरेन तामाङले कार्यक्रमलाई सभ्य र भव्य सफल पार्न आआफ्ना ठाउँबाट खेलेका भूमिकाको प्रसंशा गर्दै धन्यवाद ज्ञापन दिएका थिए ।

कार्यक्रमका संयोजक गौतम तामाङले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रम समाजका सल्लाहकार तेज मोक्तान तामाङ र कार्यवाहक महासचिव प्रेम घिसिङ तामाङले सञ्चालन गरेका थिए । त्यसैगरी सांस्कृतिक कार्यक्रम समाजका कोषाध्यक्ष सुवास तामाङ र मनि लामा तामाङले सञ्चालन गरेका थिए।

सन् २००५ मा स्थापना भएको समाजले तामाङ जातिको भाषा, कला, धर्म, संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै सोनाम ल्होछार, बुद्ध जयन्ती लगायत भव्य तरिकाले मनाउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।