तरकारी जोन धनकुटामा ५० प्रतिशत अनुदानमा मिनिटिलर, दु’रुपयोग गरे का’रबाही
विकास घिमिरे, धनकुटा खबर, १७ माघ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यन इकाई तरकारी जोन सिंधुवा धनकुटाले ६१ थान मिनिटिलर ५० प्रतिशत अनुदानमा कृषक समुहलाई वितरण गर्ने लक्ष्य अनुसार आज ३२ थान मिनि टिलर कल्टीभेटर वितरण गरेको छ ।
कार्यलयले सुचना आवहान गरि निवेदनमा परेका ५१ समुह, सहकारी , र्फम मध्ये ४९ वटा छनोट गरी ६० हजार मूल्य पर्ने डिजल मिनि टिलर ७ एच.पि र ८० हजार मूल्य पर्ने डिजल मिनि टिलर वितरण सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यन इकाई सिंधुवाका कार्यलय प्रमुख देविन्द्र शाहुले जानकारी दिनु भयो ।
चार सदस्य छनोट समितीले मुल्याकन गरेका समुह, सहकारी, फर्म लाई सार्वजनिक खरिद नियमावली भित्र रहि खरिद गरिएका मिनिटिलर वितरण गरिएको र २२ वटा मिनिटिलर यस अघि नै वितरण गरिएको समेत उहाँले बताउनु भयो । वितरण कार्यक्रमा बोल्दै छथरजोरपाटी गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष दिलबहादुर थापाले किसानलाई यस्ता प्रविधिले फाईदा गरेको बताए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको क्षेत्रमा वितरण गरिएका यस्ता औजारले कृषक लाई आधुनिक खेति तर्फ आकर्षत गर्दै श्रमिक अभावको समस्या साधान हुने साथै गोरु जोतेर गरिने खेतिलाई समेत यसले विस्तापन गर्ने बताउँदै लागत कम हुने भएकोले यस्ता प्रविधि लाई प्रयोग गर्न किसान लाई सरकारले प्रोत्साहन गरेकोले प्रविधीको दुरुपयोग नगर्न आग्रह समेत गर्नूृ भयो जोन व्यावस्थापन समितीका अध्यक्ष मेघबहादुर खड्काले कृषि प्रविधीको विकास र प्रयोग आजको आवश्यता रहेको बताउँदै वितरण गरिएका कृषि प्रविधीको दुरुपयोग गर्नै व्यातिm, समुह, सरकारी लाई कारबाही समेत गरिने भएकोले प्रविधीको उच्चतम प्रयोग गर्नु पर्ने बताउँनु भयो वितरण कार्यक्रमा अगुवा कृषक मेघेन्द्र गुरुङ्ग कृषक समुहका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


