चर्चित नायक सरोज खनालको लो भलाग्दो व्यापार, दैनिक हुँदोरहेछ लाखौको का रोबार – हेर्नुस् भिडियो

काठमाण्डौं । लामो समय अमेरिका बसेर फर्किएका चर्चित नायक सरोज खनाल काठमाण्डौंमा अण्डा वेच्छन् भन्दा तपाईलाई विस्वास नलाग्ला । के नायक खनालले अण्डा बेचेरै जिविकोपार्जन गर्नु परेको हो र ? तर, त्यसो नभएर आफ्नो काम आफैले गर्नुपर्छ र आफ्नो कामको सम्मान गर्नुपर्छ भनेर बुझेका खनालले आफ्नो व्यवसायलाई निरन्तरता दिएका हुन् ।

ललितपुरको एकान्त कुनामा आफ्नै पोल्टी फर्म छ । पोल्टी फार्मको नाम हो ‘खनाल पोल्टी फार्म’ उनी त्यहाँ बिहान ६ बजे पुग्छन् । त्यहाँ आइपुगेको अन्डा ट्रकबाट निकाल्छन् । क्यारेटहरु गन्छन् अनि बजारका निश्चित ग्राहकलाई आफै वितरण गर्न जान्छन् । उनी वितरणको काम १० बजेसम्ममा सक्छन् ।

नायक खनाल भन्छन्–‘अमेरिका जानु अगाडि ममा अहँ थियो । निकै ‘चुजी’ थिएँ । अमेरिकाबाट फर्केपछि आफ्नो काम गर्न डराउनु हुँदैन भन्ने जाने । मैले ढाँटेको होइन, चोरेको पनि होइन । श्रम गरेको हो । श्रमको सम्मान गर्नुपर्छ ।’ उनको यो व्यवसाय नयाँ होइन । २०४३ सालदेखि उनको परिवारले चितवनको रत्ननगरस्थित ज्यामिरेमा ‘खनाल पोल्ट्री फर्म’ चलाई रहेको छ ।

खनाल भन्छन्–‘ म अमेरिकाबाट फर्किएपछि तीनवटा पोल्ट्री फर्म थपिएको छ ।’ उक्त व्यवसायमा खनालका ४ भाईको लगानी छ । त्यसमा उनको २५ प्रतिशत रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖