अ ख्तियारको नि यत ख राब देखियो, कसैले चो र्‍याे, म फि र्ता गर्छु भनेर छाड्न हुन्छ ? : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधान मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस को अवरोधका कारण बिहिबारको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचार कर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनु’सन्धान गर्न नसक्ने तर्क उनले गरे। जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाईएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छा’ड्न हुन्छ?’ भनी प्रश्न गरे। उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण छ। कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन्।

उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन् । हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बदमासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने। यस्तो नियम कानुनको पनि समस्या छ। ललिता निवास प्र’करणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नु हुन्छ ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।