अमिताभ बच्चनले बताए ‘न मस्कार’ को प रिभाषा, ‘हाम्रो आदर्श, हाम्रो सं स्कृतिको ध्वज हो’
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले‘नमस्कार’ को परिभाषा बताएका छन्।
उनका अनुसार यो केवल हाम्रो सभ्यताको प्रतीक, प्रथा वा परम्परा होइन। बरु यो हाम्रो आदर्श र हाम्रो संस्कृतिका ध्वज हो।’
उनले ट्विटरमा लेखेका छन्, ‘नमस्कारबाट हामी सम्मान पनि गर्छाै। आदर पनि गर्छाै। हामी पूजा पनि गर्छाै। विन्ति पनि निभाउछौँ। प्रणाम पनि गर्छाै। र कहिलेकाहीँ नमस्कारबाट हामी संकोच पनि गर्छाै। नमस्कारमा धरै शक्ति हुन्छ। धेरै ताकत हुन्छ। फेरि पनि नमस्कारमा क्रोध छैन। हिंसा छैन। नमस्कारमा स्नेह पनि हुन्छ। प्रेम पनि हुन्छ। अन्तर पनि हुन्छ। भेद पनि हुन्छ। श्रद्धा पनि हुन्छ। संकल्प पनि हुन्छ।’
अमिताभ अगाडि लेख्छन्, यो नमस्कार आत्माको सम्बन्ध हो र रिवाजबीचको अन्तर पनि हो। यो सम्मानका साथसाथ नाताको पनि प्रतीक हो जब हामी नमस्कार गर्छौ, तब सबै संस्कृतिलाई सम्मान गरिरहेका हुन्छौँ। सिर्फ एक नमस्कारबाट हाम्रो रचनात्मकता सबै संस्कृतिलाई स्वीकार गर्छ।’


