धुर्मुस–सुन्तलीको ‘सेन्टी भा इरस’को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री

अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भा,इरस’को अमेरिकी राइट्स किनेका छन ।

सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज को भनाइ अनुसार यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो फुजन इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस सरद युवराज सिंह ,अर्जुन सुबेदी र अर्जुन जंग कुँवरका भनाइमा ‘जनस्तर निर्माण भैरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’निर्माण अभियानका लागि बनेको धुर्मुस सुन्तलीको चलचित्र ” सेन्टी भा,इरस ” संग जोडिन पाउदा हामीले आफुलाई अत्यन्तै भाग्यमानी ठानेका छौ। यो एउटा सामाजिक अभियानमा हाम्रो टिमले पनि फाइदा नहेरी यस चलचित्रलाई अमेरिकाको प्रदर्शनको अधिकार लिएका छौ ।

अमेरिकाको विभिन्न शहरहरुमा यही फेब्रुअरी २५ बाट यो चलचित्र प्रदर्शनमा आउदैछ । तपाइको अमुल्य समय दिएर यो चलचित्र हेर्न पक्कैपनि नजिकैको सिनेमाघरमा आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौ । आउनुस यो अभियानमा तपाईहरु पनि हातेमालो गर्दै एक भै जुटौ ।हामीलाई सम्पर्क गर्नको लागि पोस्टरमा भएका जुनै नुम्बेर मा सम्पर्क गर्न सक्नुहुनेछ ‘।

२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।

चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।