आदित्य र नेहाको विवाह प क्‍का

मुम्बई : इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरि रहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्।

भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’ इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी दिएको छ। उदितनारायणले त निकैअघि यसमा स्विकारोक्ति दिइसकेका छन्।

उदितनारायणका साथै उनकी श्रीमती दीपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ। यस बाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन्। नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।