सांसद भन्छन्- काम गर्न स केनौं, भ त्ता खाने काममात्र भयो

सुर्खेत : कर्णालीमा प्रदेश सांसदहरुले आफ्नै भूमिकाप्रति असन्तुष्टी जनाएका छन् । संसद गठन भएको दुइ वर्षसम्म जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले आत्म आलोचना गरेका छन् । संसदको भूमिका प्रभावकारी नहुँदा नागरिकमा वितृष्णा पैदा हुन थालेको उनीहरुको भनाइ छ। लामो अन्तराल पछि कर्णालीमा शुक्रवार देखि हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरुले तीव्र असन्तुष्टी व्यक्त गरे।

संसदको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सत्ता र प्रतिपक्ष दलका सांसदहरुले यही अवस्थामा संसदको गरिमा नै घट्ने बताए । प्रदेश संसद गठन हुँदा कर्णालीका नागरिकले विकास र परिवर्तनको अपेक्षा गरे पनि दुई वर्ष सम्म आफूहरुले काम गर्न नसकेको सांसदहरुले स्वीकार गरेका छन्। शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने,‘नागरिकले औषधि नपाएर ज्यान गुमाइरहेका छन्।

विकास र निर्माण पुरानै हालतमा छ। हामीले केही पनि कामगर्न सकेनौं। संसदमा आउँदा पनि भत्ता खानका लागि मात्र आएजस्तो भयो।’ सांसदहरुले विकास योजना छनौट गरेर उपभोक्ता समितिमा आफ्ना मान्छेलाई राख्नेबाहेक अन्य कामगर्न नसकेको नेता शाही को भनाइ छ। संसदलाई गुमनाम र निष्कृय बनाउने काम भइरहेको भन्दै उनले मन्त्रीहरु पनि आफ्नो लागि घरघडेरी जोड्नेतिर केन्द्रीत भइरहेको आरोप लगाए।

उनले भने ‘हामी जनताका जनप्रतिनिधि हुन सकेनौं, पहिले सतिले सरापेको भन्थ्यौं। तर अहिले हामी आफैले नै सरापेको हौं कि भन्ने लाग्न थालेको छ।’ बैठकमा सत्तारुढ नेकपाका सांसद यामलाल कँडेलले संसदको भूमिकालाई अब प्रभावकारी बनाउनुपर्ने बताए। दुई वर्षको अवधिमा संसद र सरकार दुबैले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनले स्वीकार गरे।

‘जनताको पक्षमा कानुन निर्माण गर्ने थलो संसद नै प्रभावकारी बन्न सकेको छैन् । चौबाटो र दोबाटोमा संसद र सरकारप्रति गुनासा मात्रै सुनिन्छन्’ सांसद कँडेलले भने, ‘दुई वर्षसम्म प्रदेशको नाम र राजधानी तोक्नेबाहेक अन्य गर्व गर्ने काम गर्न सकेका छैनौं।’ हालसम्मको कार्यसम्पादन मुल्याकंन गर्दै संसदको मर्यादा र भूमिका बढाउँदै सरकारकोे पनि समिक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।