नेकपाले गत नि र्वाचनमा प्राप्त गरेको ज नादेश गु माइसकेको छ : सहअध्यक्ष श्रेष्ठ

ललितपुर, २५ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन् । उनले यो कुरा शनिवार ललितपुरको बालकुमारीमा समाजवादी साँस्कृतिक महासङ्घ प्रदेश नम्बर ३ को समायोजन कार्यक्रममा बताएका हुन् ।

श्रेष्ठले उपसभामुखको निर्वाचनसंविधानको धारा ९१ को उपधारा २ अनुसार तुरून्त हुनुपर्नेमा हालसम्म मिति समेत तय नगरेको बताउँदै नेकपाले उपसभामुख पदलाई लिएर अरु पार्टीसँग अनैतिक तथा अराजनीतिक बार्गेनिङ गरेको आरोप लगाए ।

नेकपाले आगामी तीन वर्षपछि हुने निर्वाचनमा दुईतिहाई ल्याउने भन्दै अहिलेदेखि नै संवैधानिक आयोगहरू, कर्मचारीतन्त्र जस्ता सबै क्षेत्रमा मानसिक आतंक फैलाएको बताउँदै नेकपाको यस्तो प्रवुृत्तिविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने बताए । उनले नेकपालाई चुनौति दिंदै भने, ‘अहिलेदेखि दुईतिहाईको दम्भ प्रदर्शन होइन, निर्वाचन गरेर देखाऊ ।’

नेता श्रेष्ठले नेकपा सत्तारुढ भएपछि गरेका धेरै निर्णयहरू विवादास्पद बनेको बताउँदै ललिता निवास काण्डसम्म आइपुग्दा उसका कृयाकलापहरू जनताको बिच नाङ्गेझार भएको बताउँदै सरकार जनताको नजरमा गिरिसकेको बताए ।

नेता श्रेष्ठले लोकतान्त्रिक व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषीउपर मुद्दा नचलाई कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताउँदै सरकारका काममा गरेका अनियमितता अनुसन्धान गर्नुको सट्टा सत्तारुढ दलका नेताहरूलाई एउटा र अरुलाई अर्को मापदण्ड बनाउन नहुने बताए । उनले भने, ‘अख्तियारका आयुक्तहरूले आफूलाई नियुक्ति दिएकोप्रति कृतज्ञ भएर सत्तारुढ दलका नेताहरूलाई उन्मुक्ति दिने प्रवृत्ति दण्डहिनता हो, अख्तियारले दोहरो मापदण्ड अप्नाउन हुँदैन । पार्टीगत आधारमा उन्मुक्ति दिने काम पनि भ्रष्टाचार नै हो ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले सरकारले आयोगहरूलाई आफ्नो प्रभावमा राख्न खोज्नु अधिनायकवादी विचार भएको बताए ।

सहअध्यक्ष श्रेष्ठले अख्तियारले मन्त्रीपरिषदले गरेको नीतिगत निर्णय छानबिन गर्न नमिल्ने भन्नु कानुनको अपव्याख्या भएको बताउँदै भने ‘मन्त्रिपरिषदको प्रत्येक निर्णय नीतिगत हुँदैन, जनताको सार्वजनिक हीतका लागि गरेका निर्णयहरू मात्र नीतिगत हुने हो, गोकर्णको जग्गा लिज प्रकरणमा स्वार्थ समूहको हीतमा म्याद सकिनुभन्दा ६ वर्ष अगाडी नै निर्णय गर्नु भ्रष्टाचार हो । त्यसको छानबिन हुनु पर्दछ ।’

समायोजन कार्यक्रममा संगठन विस्तार तथा सुदृढीकरण अभियानमा सक्रियताका साथ भाग लिन सम्पूर्ण सांस्कृतिककर्मीलाई अनुरोध गर्नुका साथै साँस्कृतिक क्षेत्रबाट पहिचानको आन्दोलनको नेतृत्व गर्न साँस्कृतिक महासंघले पहल गर्नुपर्ने बताए ।

महासंघका कलाकारहरूबाट आकर्षक साँस्कृतिक प्रस्तुती समेत भएको उक्त कार्यक्रममा पार्टीका महासचिव गंगा नारायण श्रेष्ठ, उपमहासचिव डम्बर खतिवडा, महासंघका केन्द्रीय अध्यक्ष घनराज सुब्बा, महिला नेतृ पवित्रा तिमल्सिना र शशि लिङ्देन, खेलकुद महासंघका रीत वहादुर श्रेष्ठ, युवा संघबाट पंकज यादव, विद्यार्थी युनियनबाट अशोक राई आदिले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा समायोजन समितिका संयोजक रमेश खड्काले अध्यक्षता तथा सचिव मोहन मादेनले सञ्चालन गरेको थियो भने शिव अनुरागको नेतृत्वमा महासंघको २५ सदस्यीय ३ नम्बर प्रदेश समिति घोषणा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।