‘राष्ट्रिय नागरिक सम्मान’ बाट चलचित्र निर्देशक राजु गिरी सम्मानित

काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् ।

बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरि ट्वाक्क टुक्क हास्य टेलिचलचित्र बाट अभिनय सुरु गर्दै आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात चलचित्र “चन्द्रवती” मार्फत उनले निर्देशन यात्रा तय गरे । उक्त हिट चलचित्रमा राजेश हमाल, मुना उप्रेती, आयुष रिजाल लगायतले अभिनय गरेका थिए । उक्त चलचित्र हिट भए पछि उनले चलचित्र “बिन्दास” को सिव्कलको निर्देशन गरे । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली, टाइगर, जिस्म जिम्म –२, द रियल हिरो, राजा निर्देशन गरेका थिए ।

उनले निर्देशन गरेको चलचित्र मखमली चलचित्र २०१६ मा अमेरिकन फिल्म मार्केटमा नेपाली चलचित्रबाट छनौट भएको थियो र निर्देशक राजु गिरीले भोजपुरी चलचित्र “दिले वाले” हिन्दी चलचित्र “म्याड लब” पनि निर्देशन गर्ने तयारीमा छन् अहिलेका व्यस्त निर्देशक राजु गिरी चलचित्र “किर्ती” छयांकन सकेर चलचित्र “म्याड लव” हिन्दी चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।

उनले एक दर्जन भन्दा बढि नेपाली उत्कृष्ट चलचित्र निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान तथा चलचित्र सम्बन्धि विभिन्न संघ संस्ठामा आबद्ध रही चलचित्रकर्मीहरुको उत्थानमा लागि पर्दै देश सेवामा समर्पित रहदैं आएको हुनाले उनको कार्यमा उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । निर्देशक राजु गिरि दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय सम्मान तथा अवार्ड मार्फत सम्मानित भईसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।