चीनमा अमेरिकाले कोरोनाभाइरस फैलाएको हो कि जस्तो लाग्छ – बिजुक्छे (भिडियो सहित)
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनमा फैलिएको कोरोनाभाइरस अमेरिकाको हात रहेको आ,शंका गरेका छन् । अमेरिकाले आफूसँग ट,क्कर लिने देशहरुसँग रिसइवी साँध्नको लागि भाइरस र रोग फैलाउदै विश्व राजनीति गर्दै आएको बताउँदै बिजुक्छेले चीनमा फैलिएको भा,इरस अमेरिकाले नै पठाएको हुनसक्ने आ,शंका गरेका हुन् ।
नेपाल क्रा,न्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै विजुक्छेले चीनमा एक्कासी कोरोना भा,इरस फैलनुमा आ,शंका रहेको बताएका हुन् ।

उनले कोरोना भा,इरस लागेका सं,क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै विजुक्छेले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनु वुद्धिमानी नहुने बताए । चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउदा झन ठूलो महामा,री फैलिन सक्ने भएकोले चीनमै राखेर उपचार गराएर निको बनाउनुपर्ने बताएका हुन् ।


