नेपाल टेलिकमको अ फरः १५ रुपैयाँमा १२ घण्टा ग फ, १२ रुपैयाँमा ४ सय एमबी डाटा

काठमान्डौ : नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्मका प्याक उपलब्ध छन् । ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज १ दिनदेखि २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ ।

उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ। उक्त दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने जनाईएको छ। नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिन्छ। उक्त प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक लिन सकिन्छ ।

सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिन्छ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ । युट्युब डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिनका लागि प्याक लिन सकिन्छ ।

उक्त प्याक १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुने टेलि कमले बताएको छ । डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिन्छ । १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। पोष्टपेड प्याक अन्तर्गत अन्तर्गत ६२० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ।

उक्त प्याक ३० दिनभित्र प्रयोग गर्न सकिने टेलि कमले जनाएको छ । बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले उपलब्ध गराएको हो । उक्त प्याक अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । अफरहरु जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर माघ २२ गतेदेखि लागू भइ सकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।