जाँदा-जाँदै सर्वेन्द्र खनालले निर्मला प्र,करणबारे खोले यस्तो रहःस्य – हेर्नुस् भिडियो

काठमाडौ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउने दिन संघारमै आइपुगेको छ । तर, सेवा अवधिभरमा हाइ हाइ भएका सर्वेन्द्रलाई जाँदै गर्दा निर्मला पन्तको ह,त्या प्र,करणलाई टुंगो लाउन नसकेकोमा कहिँ कतै चिन्तित भएका छन् ।

२०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २८ गते अनिवार्य अवकाश पाउँदैछन् । २०७४ चैत २७ गते महानिरीक्षकमा नियुक्त भएका सर्वेन्द्र ३० वर्षे सेवा अवधिका कारण भोली माघ २८ गते अनिवार्य अवकाश पाउन लागेका हुन् । उनले आफ्नो कार्यकाल मा पाएका सफलता हरु अनगिन्ती नै छन् तर उनको कार्यकालमा निर्मला पन्तको ह,त्या,रा पत्ता लाउन नसकेकोमा जनतामा एउटा बेग्लै नि,रष्यता भने रहिनै रहने देखिएको छ ।

यहि विषयमा क्यानाडा नेपालसंग कुराकानी गर्दै नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, “मैले वा मेरो नेतृत्वमा नेपाल प्रहरीले नचाहेको भने होईन तर हाम्रो हातमा मात्र सबै नभएका कारण मेरो कार्यकालमा ह,त्या,रा पत्ता लाउन सकिएन । हामीसग मात्र सबै अधिकार नहुने भएकाले अनुसन्धानमा धेरै ठाउँबाट अनुमति लिने देखि प्रक्रियाबाट जानु परेकोले हामीले निर्मलालाई न्याय दिन सकेनौ तर म नभए पनि यो विषय टुंगो लाग्नेछ र निर्मलाले न्याय पाउनेछिन् ।”

के राजनीतिक हस्तछेप कै कारण हो निर्मलाले न्याय पाउन नसकेको भन्दा उनले भने, “राजनीतिक हस्तछेप नै ठ्याक्कै भन्दिन तर हामीले सबै काम गर्न नपाउने सं,यन्त्र छ जसले गर्दा हामीले सबै अनुसन्धान खुलेर गर्न सकेनौ जसका कारण हामीले टुंगो लाउन सकेनौ । हाम्रो प्रयास भएपनि सबै तिर प्रहरीले गर्न पाउने अधिकार नभएका कारण यो ढिलो भएको हो तर टुंगो भने चाडै नै लाग्छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।