२१९ जना किसानको सामाग्री पाख्रीवासको कृषि मेला प्रदर्शनीमा, उत्कृष्टलाई भोली पुरस्कृत गरिने

धनकुटा खबर, माघ २७ । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरीय कृषि मेला प्रदर्शनीको आज सम्म ४ सय बढीले अवलोकन गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी हिजो देखी आरम्भ गरिएको मेलाको आज दोश्रो दिन सम्म उल्लेख्य मानिस अवलोकन गरेको नगरले जनाएको छ ।

कृषकहरुलाई कृषिका नयाँ प्रविधिको जानकारी दिने उद्देश्यले आयोजना गरिएको कृषि मेला दुई दिनमा २ सय १९ जना कृषकले कृषि जन्य सामाग्री पद्वर्शनीमा राखेको नगरपालिकाका कृषि प्राबिधिक ईन्द्रमाया तामाङले वताउनुभयो ।

मेलाको आज दोश्रो दिन कृषकले प्रदर्शनीमा राखेको कृषि जन्य बस्तुको पाख्रीवास कृषि अनुसन्धान केन्द्रका प्रमुख अमर बहादुर पुन ,कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख हृदय राम पोख्रेल र प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका उपप्राध्यापक तुलसी पराजुलीले मुल्याङ्कन गरेकाछन् ।

भोलि मेलामा प्रदर्शनिमा राखिएका कृषि जन्य वस्तुको नतिजा प्रकाशन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने छ । मेलमा तरकारी, फलफुल, दलहन तथा मसला बाली प्रदर्शनीमा राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।