वि द्युतीय गाडी चा र्ज गर्न स स्तो बि जुली !

काठमाण्डौ : विद्युतीय गाडीको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले सस्तो महशुलमा बिजुली दिने प्रस्ताव गरेको छ। विद्युत प्राधिकरणले तयार पारेर विद्युत नियमन आयोगमा पठाएको शुल्क अनुसार विद्युतीय गाडी चार्ज गर्दा न्युन तम मूल्य प्रतियुनिट ४ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । प्राधिकरणले मौसम र समय अनुसार फरक–फरक दर निर्धारण गरेको छ ।

तर शुल्क तालिका विद्युत नियमत आयोगले स्वीकृत गर्न बाँकी रहेको छ । प्राधिकरणले वैशाखदेखि मंसिरसम्म र राति ११ बजेदेखि बिहान ५ बजेसम्म विद्युतीय गाडी चार्ज गर्दा सस्तो महसुल निर्धारण गरेको छ। वैशाख देखि मंसिरसम्म ३३ केभीको लाइन प्रयोग गर्नेले न्यूनतम ४ रुपैयाँ ४५ पैसादेखि ११ रुपैयाँ २० पैसा प्रतियुनिटसम्म तिर्नुपर्नेछ ।

३३ केभीका प्रयोगकर्ताले साँझ ५ देखि राति ११ बजेसम्म प्रतियुनिट ११ रुपैयाँ २० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ १० पैसा महसुल तिर्नुपर्नेछ । ११ केभीका ग्राहकले साँझ ५ देखि राति ११ बजेसम्म ११ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा, र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ २० पैसा प्रतियुनिटका दरले महसुल तिर्नुपर्नेछ ।

यस्तै वैशाखदेखि मंसिरसम्म २ सय ४० देखि ४ सय भोल्टसम्मका ग्राहकले बेलुकी ५देखि राती ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा, राती ११ देखि विहान ५ बजेसम्म ५ रुपैयाँ १५ पैसा र विहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ ३० पैसा प्रतियुनिट तिर्नु पर्नेछ । पुसदेखि चैतसम्मको शुल्क फरक छ । पुसदेखि चैतसम्म निजी विद्युतीय सवारीलाई साँझ ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ २० पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म र राती ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ

६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म प्रतियुनिट शुल्क तोकिएको छ । सार्वजनिक रुपमा चल्ने विद्युतीय यातायातको लागि पनि सस्तो शुल्कको व्यवस्था गरिएको छ । बैशाखदेखि मंसिरसम्मको समयमा सार्वजनिक यातायात चार्ज गर्दा न्युनतम ४ रुपैयाँ ४५ पैसादेखि अधिकतम ८ रुपैयाँ ७० पैसा प्रतियुनिट महसुल तोकिएको छ । बेलुकी ५ देखि ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ७० पैसा र राती ११ देखि विहान ५ बजेसम्म चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा प्रतियुनिट शुल्क लाग्नेछ ।

पुसदेखि चैतसम्म सार्वजनिक विद्युतीय गाडीले भने सस्तोमा बिजुली पाउने छन् । पुसदेखि चैतसम्मको समयमा साँझ ५ बजेदेखि राती ११ बजेसम्म न्युनतम ८ रुपैयाँ ४० पैसादेखि ८ रुपैयाँ ७० पैसा तिर्नु पर्ने छ । राति ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ६० पैसा देखि ६ रुपैयाँ ९० पैसासम्म तिर्नुपर्नेछ । चार्जिङ स्टेशन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मुनाफा लिन पाउने प्राधिकरणले प्रस्ताव गरेर विद्युत नियमन आयोगमा पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।