दिल्लीमा केजरीवालको ह्या ट्रिक, जि तलगत्तै मोदीले दिए ब धाई

एजेन्सी । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ६२ सीटमा विजय भएको छ । कुल ७० सीटको विधानसभामा आपले ६२ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा ८ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ ।

दिल्ली विधानसभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । दिल्लीका मुख्य मन्त्री केजरीवाल विधानसभाका लागि भारी मतले बिजय भएका छन् । आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा) का सुनीलकुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेका छन् । आपले विजय हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो पार्टी र अरविन्द केजरीवाललाई बधाई दिएका छन् । विजयी उम्मेद्वारहरुको शपथ ग्रहण समारोह शुक्रबार दिल्लीस्थित रामलिला मैदानमा हुनसक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा पनि आपले ६७ सिटमा जित हासिल गरेको थियो । दिल्लीमा आपको उदय हुनुअघि काँग्रेस आइले लगातार ३ पटक सरकार बनाएको थियो । त्यसको नेतृत्व शिला दिक्षितले गरेकी थिइन् । यो पटक भने काँग्रेसका ६२ जना उम्मेद्वारको जमानत नै जफत भएको छ । Photo: BBC Hindi

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।