नायिका आँचल शर्माकाे वि वाह फागुन २९ मा, ३० गते होटल हायातमा भव्य रिसेप्सन पा र्टी

काठमाडौं । नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ । आउँदो फागुन २९ गते डा.उदीप श्रेष्ठसँग आँचलले घ’रजम ब’साउन लागेकी हुन् । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ । विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भ’व्य रि’सेप्सनको आ’योजना गरिने बताइएको छ ।

गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रेमसम्बन्धको बारेमा खुलाएकी थिइन् । उनले उदीपको तारिफ गरेर न’थाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा ज’ताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी थिइन। एक कुराकानीमा उनले भनेकी थिइन,‘अहिले नै विवाहको मिति त’य भैसकेको छैन ।

तर, यो वर्ष क’ट्ने सम्भावना कम छ ।’प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चा’हना अनुसार आफुहरू वै’वाहिक सम्बन्धमा बाँ’धिने आँचलले बताउदै आएकी थिइन ।फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्य’स्त रहदै आएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।