यस्तो छ पल र पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर – हेर्नुस् भिडियो
काठमाडौँ । चर्चित अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फागुन २३ गते बाट देशभरका हलहरुमा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्म ट्रेलर बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
ट्रेलरमा पल र पूजाको लभ स्टोरी देखाइएको छ । सुदर्शन थापाले निर्देशन गरेको यस फिल्म लभ स्टोरी कथामा बनेको छ । फिल्ममा जन्म जय र साम्पाङ राई सह निर्माताको रुपमा रहेका छन् ।
केहि समय अघि सार्वजनिक भएको यस फिल्मको गीत पनि दर्शकले निकै रुचाएका थिए । फिल्मको ट्रेलर पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।


