पल शाहलाई यस्तो फुच्चे रुपमा देख्दा हाँसेरै मु,र्छा परेकी थिईन पूजा शर्मा (भिडियो सहित)
काठमाडौ । पूजा शर्मा र पल शाह अभिनित चलचित्र ‘म यस्तो गित गाउछु २’ को आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । ट्रेलरमा फुच्चे पल शाहलाई समेत देख्न सकिन्छ जसको चर्चा अहिले सामाजिक संजालमा चलिरहेको छ ।
फुच्चे पल शाहलाई देख्दा पूजा र पललाई कस्तो लाग्यो भन्दा पूजा शर्मा हाँसेर मु,र्छा परेको सुनाईन । “मैले पहिलो चोटी हेर्दा म हाँसेर मु,र्छा नै परेको थिएँ । दर्शकले कत्तिको रुचाइदिनु हुन्छ भन्ने चाहि थाहा थिएन तर पललाई त्यस्तो देख्दा म हाँसेको हाँसै भएको थिएँ ।”

पल शाह भने आफुले आफ्नो बा,ल्यकाल सम्झेको भन्दै जवाफ दिएका छन् । पल शाहले भने, “मलाई आफ्नो बाल्यकालको सम्झना आएको थियो । म ज,न्मिदा त्यस्तै त थिएँ र त्यस्तो अवस्थामा देख्दा मलाई आफ्नो बाल्यकालको सम्झना आएको थियो । दर्शकले पनि रुचाइदिनु हुन्छ होला फुच्चे पललाई भन्ने आशा रहेको छ ।”
म यस्तो गित गाउँछु २ लाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने पूजा शर्मा र सुदर्शन थापाले संयुक्त लगानी गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रका गितहरु दर्शकले रुचाईदिएका कारण चलचित्रको चर्चा सामाजिक संजालमा राम्रो पाईन्छ ।


