दु’र्घटनामा ज्यान गु माएकी नायिका महिमा सिलवालको देवघाटमा अ’न्त्येष्टि

चितवन : कलाकार महिमा सिलवालको नि’धन भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वी लोकमार्गमा बसको ठक्करबाट बुधबार राती कलाकार सिलवालको नि’धन भएको हो। भरतपुर महानगर पालिका–१३ गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठ’क्करबाट नि’धन भएको हो ।

बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठ’क्कर दिएको थियो । दु’र्घटनामा महिमाकी दिदी २२ बहिनि शर्मिला सिलवालको समेत नि’धन भएको छ। दु’र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा घा’इते महिमा सिलवालको उपचारको क्रममा मृ’त्यु भएको हो भने घा’इते शर्मिला सिलवालको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृ’त्यु भएको थियो ।

बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन आउँदै गरेको बेला दु’र्घटना भएको थियो । उनको बिही बार देवघाटमा अ’न्त्येष्टि गरिएको छ । धादिङको गजुरी गाउँ पालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटर र विपरीत दिशाबाट आएको बससँग ठो’क्किँदा दिदी–बहिनीले संसार छोडे। सञ्जयका अनुसार बुधबार बिहान मात्रै उनको दिदीहरुसँग कुरा हुँदा दुबै जनाले त्यस दिन घर नआउने बताएका थिए।

तर, दिउँसो फेरि फोन गरेर स्कुटरमा आउँदैछौँ भन्ने खबर गरे।“जेठी दिदी दुबई जान पाएको भए वा बिहान भनेजस्तै काठमाडौँबाट नहिँडेको भए यस्तो घ’टना हुन्थेन होला” सञ्जयले भने। महिमाले ग’जुरी पुगेपछि बुवा लिला बहादुरलाई फोन गरेर आफूहरु घर आउँदै गरेको खबर दिएकी थिइन्। तर, त्यसको करिब पाँच मिनेटमै दु’र्घटना भयो। बुवासँग भएको त्यही कुराकानी नै घरपरिवारसँग भएको महिमाको अ’न्तिम बोली बन्यो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।