पशुधन सु,रक्षाका लागि धनकुटाको पाख्रीबासमा महामा,री जन्य रोगविरु,द्धको खोप लगाईदै
धनकुटा खबर, फागुन १ । धनकुटाको पाख्रीबास नगरपालीका मा १० ओटै वडामा भेडा, बाख्रा, च्याङग्रामा लाग्ने महामा,री जन्य रोग पि.पि आरविरुद्ध को खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । अाज सम्म १४ सय वटा भेडा, बाख्र च्याङग्रामा पि.पि आरविरुद्ध को खोप लगाएको पाख्रीबास नगरपालिकाको पशु सेवा साखा प्रमुख गोरख तामाङले जानकारी दिनु भयाे ।
पाख्रीबास नगरपालिकाको पशु सेवा साखा को आयोजनामा माघ २८ गते देखि सञ्चालन भइरहेको भेडा,बाख्रा र च्याङग्रामा लाग्ने माहामा,री जन्य रोग पि.पि आर विरुद्ध को निःशुल्क खोप अभियान सप्ताहीक कार्यक्रम रहेको ले एक सातामा नगर भित्रका १४ हजार भन्दा बढी भेडा, बाख्रामा खोप लगाउने लक्ष्य रहेको पशु सेवा साखाका प्रमुख तामाङ ले बताउनु भयो ।
साथै उहाँले मौसम परिवर्तन संगै विस्तारै चिसो मौसम सकेर गर्मी बढ्दै जाने समयमा फागुन, चैत देखि, बैसाख, जेष्ठ, असार सम्म पि.पि आर रोग भेडा बाख्रामा माहामा,री को रुपमा फैलिने र यो रोग भेडा, बाख्रामा लागि सकेपछि उपचार नहुने भएकाेले किसानको पशु धनको सुरक्षाका लागि अभियान कै रुपमा पि.पि आर विरुद्ध को खोप कार्यक्रम सञ्चालन गरिएको उहाँकाे भनाई छ । (फाईल फोटो)


