मि सेस एण्ड मिस गुरुङ -२०२० को ता ज चिनीमाया र सुस्मितालाई

काठमाडौँ : मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज पहिरहन सफल भएका छन् मिसेस चिनीमाया गुरुङ र मिस सुस्मिता गुरुङ । त्यसैगरी मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देबी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ, भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् भने मिस गुरुङ तर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।

प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगिता बिगत २ बर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, केशब थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए ।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस एण्ड मिस गुरुङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन l यस सौन्दर्य प्रतियोगीताले बिबाहित गुरुङ नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन । प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।