समीर र सुरेखाको “रेल गाडी” मा नाजीर र प्रीयनाको रो मान्स (भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित “रेल गाडी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर नेपाली सांगीतिक आकाशमा लोकप्रिय बन्न सफल गायक समिर आचार्य देश विदेशमा हुने विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै आएका छन् । नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गायक आचार्यको “रेल गाडि” नामक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । समीर आचार्य र सुरेखा क्षेत्रीको यो दोस्रो सहकार्यको गीत हो।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका छन् भने निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा नायक तथा मोडल नाजीर हुसेन र प्रीयना आचार्यलाइ फिचर्ड गरिएको छ । अष्ट्रेलीयामा हुने नेपाली इभेन्ट र नेपाली गीत संगीतको लागी प्रबर्धन गर्दै आएको मायालु इन्टरटेनमेन्टको प्रस्तुतीमा “रेल गाडी” को भिडियो आएको छ ।

एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका गायक समिर आचार्य हाल नेपालमा ब्यस्त छन् । ‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ ‘पिच राेड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ ‘ठुम्का’ जस्ता दर्जनाैं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर आचार्य अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।