प्रचण्डले गिरिजा माथि अन्याय गरे भन्दै बाबुरामले गरे मिडिया सामु विशेष खुलासा – हेर्नुहोस् भिडियो

गिरिजाले खास के भनेका थिए र प्रचण्डले के झुट बोले ? डा. भट्टराईको मिडिया सामु विशेष खुलासा

काठमाडौ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् ।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताएका छन् । १२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए ।

उनले भने, ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उ,त्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्र,हार गर्ने सहमति भएको थियो । पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन ।

हामीले यु,द्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुप¥यो भनेर चाँही भन्नुभएको हो । लौन कारवाही अगाडी बढाउनुप¥यो उहाँले भनेको हो म पनि साँक्षी थिए । एक दुई पटक भनेको कुरालाई यु,द्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी का,रवाही बढाउनुप¥यो भन्नुभएको हो ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताएका छन् । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।