वुहानबाट फर्किने नेपालीहरु एअरपोर्टबाटै लाईभ, सबैलाई भक्तपुरस्थित क्वारेन्टाइनमा १४ दिन राखिने (भिडियो सहित)
चीनको वुहानबाट राती नेपाल उड्ने तयारीमा रहेका १८५ जना नेपाली विद्यार्थीमध्ये १० जना उतै रोकिएका छन्। १० जनामध्ये ६ जना स्वास्थ्यका कारण र ४ जना आफैं उतै बस्न खोजेकाले राकिएको बेइजिङस्थित नेपाली दुतावासले जनाएको छ।
बाँकी १७५ जना नेपाली विद्यार्थी भर्खरै वुहानबाट काठमाडौंका लागि उडेका छन्। नेपाल वायुसेवाको चार्टर्ड विमानबाट उनीहरू मध्यराती काठमाडौं अवतरण गर्नेछन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर वुहान ल्याइएको थियो। १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ।
वुहानबाट काठमाडौं उडेका १७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन्।
जसमध्ये १३४ जना पुरुष र ४१ जना महिला छन्। ‘काठमाडौं उड्नुअघि वुहान विमानस्थलमा उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ’, दूतावासका उपप्रमुख सुशील लम्सालले भने।
वुहानबाट फर्किने नेपालीहरु एअरपोर्ट बाटै लाईभ, सबैलाई भक्तपुरस्थित क्वारेन्टाइनमा १४ दिन राखिने – भिडियो


