अरुलाई परीक्षा लेख्न लगाई कोरिया पुगेका एक सय बढी नेपाली प,क्राऊ

सोउल । कोरियन अध्यागमन विभागले न,क्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम प,क्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई प,क्राउ गरेर नेपाल फ,र्काउन सुरु गरेको छ ।

इपीएस भाषा परीक्षामा अनुहार मिल्ने नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाएर पास गरी यहाँ आएका नेपालीहरु पक्राउ गरिएको कार्यालयले जनाएको छ। पक्राउ परेकाहरुलाई सु,रक्षा सं,वेदनशीलताका विविध विषयमा अनुसन्धान गरेर नेपाल डिपोर्ट गर्ने गरिएको कार्यालयले जनाएको छ।

अनुहार मिल्ने साथीलाई भाषा परीक्षामा लेख्न लगाइ कोरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई प,क्राउ गररी छानबिन गर्दा यसरी आउने नेपालीको संख्या ठूलो हुन सक्ने भन्दै सरकारले छानबिन सुरु गरेको थियो। प,क्राउ परि डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएकादेखि साढे तीन वर्ष बसेकासम्म रहेको कार्यालयले जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन (एमटियु)का अध्यक्ष उदय राईले बताए। परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया आएका नेपालीलाई सोझै नेपाल डिपोर्ट गर्ने गरेको भएपनि अर्काको परीक्षा दिनेहरुलाई भने विभिन्न सुरक्षा सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको अध्यागमन कार्यालयको भनाइ छ। यसरी आउनेहरु कोरियाको आन्तरिक सु,रक्षाको विषयमा पनि ख,तरा हुनसक्ने भन्दै उनीहरुलाई थप मु,द्दा चलाउने गरेको राईको भनाइ छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।