नेपालमा अ नुमति न पाएको सीजी टेलिकमले कि न्यो युरोपको ‘मोल्डसेल’

काठमाडौं, फागुन ४ । चौधरी ग्रुपअन्तर्गतको सीजी टेलिकमले युरोपको मोल्डोभामा सञ्चालनमा रहेको ‘मोल्डसेल’ टेलिकम खरिद गरेकाे छ। सरकारले सीजीको सात जिल्लामा रहेको लिमिटेड मोबिलिटी सेवालाई खारेज गरेको केही दिनपछि कम्पनीले युरोपमा लगानी गरेको हो।

नेपालमा आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न अनुमतिपत्र नपाएको सीजी सेल टोक्नोलोजीले युरोपको उक्त टेलिकम लिएको सिन्युजले उल्लेख गरेको छ।

सामाचारमा जनाइएअनुसार स्विडेनको टेलिया कम्पनीअन्तर्गत रहेको मोल्डसेलकाे शतप्रतिशत सेयर सीजीले ३ करोड १५ लाख अमेरिकी डलरमा खरिद गरेको छ। गत शुक्रबार उक्त खरिदबिक्रीको सहमति भएको समाचारमा उल्लेख गरिएको छ।

उक्त खरिद प्रक्रिया भने मार्चभित्रै सकिने टेलियाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ।

‘युरेसियाबाट बहिर्गमन भएर नोर्डिक र बाल्टिक बजारमा हाम्रो ध्यान केन्द्रित गर्न पाउँदा हामी खुसी छौं’, टेलियाका निमित्त अध्यक्ष तथा सीईओ क्रिस्टियन लुइगाको भनाइलाई समाचारमा उद्धृत गर्दै भनिएको छ।

सन् २०१७ देखि नै यस कम्पनीले युरेसियाबाट आफ्नो सम्पत्ति बहिर्गमन प्रक्रिया सुरु गरेको थियो।

टेलिया कम्पनीको ०.७ प्रतिशत सर्भिस रेभिन्यु र कम्पीको कुल आर्जन (ईबीआईटीडीए)को ०.६ प्रतिशतको प्रतिनिधत्व गर्ने मोल्डसेल मोल्डोभाको दोस्रो ठूलो टेलिकम कम्पनी भएको समाचारमा जनाइएको छ। यसको यस टेलिकमका ९ लाख उपभोक्ता रहेका छन्।

टेलिया सन् १८५३ मा स्थापना र नास्डाक स्टक र नास्डाक हेलिन्स्कीमा सेयर सूचीकृत भएको कम्पनी हो। संसारभर यस कम्पनीका २ करोड ४२ लाख ग्राहक छन् भने २० हजार ८ सय कर्मचारी छन्।

सीजी सेल टेक्नोलोजी नेपालको सीजी कर्प ग्लोबलको स्वामित्वमा रहेको र यसका संसारभर सयौँ कम्पनीमा एक बिलियन अमेरिकी डलर लगानी गरेको समाचारमा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।