अमेरिकन आइडलमा नेपाली यु वा, निर्णायकले भने- हलिउडमा भे,टौंला (भिडियो सहित)

काठमाडौं । अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। आइडलको १८ सिजनमा आइतबार टप २० छानिएको थियो। काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ।

नमस्ते गर्दै स्टेजमा प्रवेश गरेका उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए। पोखरेल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका छन्। उनको पहिलो गीतमा निर्णायक मण्डलले सन्तुष्टि जनाउँदै तालि बजाएका थिए। त्यसपछि दिवेशले अर्को गीत गाए। अर्को गती पछि उनको प्रसंशा मात्रै भएन निर्णायक मध्येका लियोनल रिचीले उनलाई अं,कमाल समेत गरे।

दिवेश पाँच वर्ष अघि अमेरिका आएका थिए। उनले केही नेपाली गीत समेत गाएका छन्। उनले गाएका गीत युट्युवमा सुन्न सकिन्छ। निर्णायक मण्डलका सदस्यहरुले प्रस्तुति पछि उनको गायनको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन्। केटी पेरीले भनेकी छन्, ‘तिमी बेष्ट हौं। यही नै अमेरिकन सपना हो। तिमीले अमेरिकन आइडलमा नमस्ते गर्न सक्छौं। म मा भएको प्रकाशले तिमीमा पनि प्रकाश देखिरहेको छ।’

यस्तै अर्का निर्णायक लियोनल रिचीले ट्वीट गर्दै भएका छन्, ‘तिमीमा भएको जादुलाई बाहिर ल्याउन पाउँदा हामी रोमाञ्चित भएका छौं। तिमी हामीले बताउनु पर्ने एउटा कथा हौं। हलिउडमा भेटौंला।’ लुका ब्रायनले ट्वीट गर्दै लेखेका छन्, ‘त्यो ब,च्चाले उडाइरहेको छ।’

भिडियो हेर्न यो लि,ङ्कमा क्लिक गर्नुहोस् 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।