सडकका इन्जिनियरले कसरी क माए चार करोड स म्पत्ति?

काठमाडौं, फागुन ६ । झन्डै चार करोड रुपैयाँ गै रकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अ ख्तियार दुरुपयोग अ नुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मु द्दा दायर गरेको छ।

आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

सडक विभागअन्तर्गत कार्यरत रहँदा सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो।

गैरकानुनी सम्पत्ति आर्जन गरी श्रीमती र छोरासमेतका नाममा खरिद गरेको घर तथा जग्गा, विभिन्न बैंकमा रहेको मौज्दात, लगानी, अन्य खर्च र उनको आम्दानीसमेतको अनुसन्धानबाट उनले झन्डै चार करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

गैरकानुनी रूपमा आर्जन गरेको बिगो श्रीमती र छोरा तथा आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर र जफत गर्न र नपुग बिगो चौधरी स्वयंसँग असुलउपर गरी जफत गर्नसमेत अख्तियारले माग गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।