साईप्रसमा पर्यटन मन्त्री भट्टराईद्वारा नेपाल भ्रमण बर्ष उद्घाटन

दिनेश गौतम/साईप्रस।। ‘समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं’ भन्ने नाराका साथ सुरू हुन लागेको भिजिट नेपाल २०२० लाई भब्यताका साथ युरोपको साईप्रसमा उदघाटन गरिएको छ ।

नेपाल सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरू गरेको भिजिट नेपाल अभियानलाई सफल बनाउन नेपाल सरकार , नेपाली राजदूतावास ईजरायल , अबैतनिक दुतावास साईप्रस र एनआरएनलगायत सामाजिक संघ संस्था हातेमालोमा नेपाल सस्कृति तथा पर्यटन मन्त्रि योगेश भट्टाराईले उदघाटन गर्नु भएको थियो ।

भ्रमण बर्षको उदघाटन गदै मन्त्रि भट्टराईले ‘नेपाल सरकारको यो महत्वकांक्षी योजना सफल बनाउने हामी सबैको कर्तव्य हो यहा रहेका हरेक विदेशीहरुलाई नेपाल भ्रमणको निम्तो दिनाका लागि हरेक नेपालीहरुले लाग्नु पर्ने बताएका थिए । उहाले यो देशलाई हेरिरहेको नेपाली राजदुतावास ईजरायल , महावाणिज्यदूतको कार्यालय तथा एन.आर.एन.ए साइृप्रस मिलेर नेपाल भ्रमण बर्ष २०२०लाई सफल बनाए मुलुकको पर्यटन विकासमा टेवा पुग्ने आशा ब्यक्त गरेका थिए ।
साथै उहाले साईप्रसमा रहेका नेपालीहरुलाई यहाको सरकारले नजिकबाट नियालि रहेको भन्दै नेपालीहरुले हरेक ठाउबाट आफनो गाउ ठाउको बारेमा प्रचार प्रसार गरेर देशको उन्नति गराउनमा सहयोग गर्न अपिल गरेका थिए ।
देशको यस्तो ठुलो महाअभियान नेपाल भ्रमण बर्षका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले सबैको सहयोग र सद्भावले मात्र यो प्रयासले यहाको कार्यक्रम सफल रहेको बताउँदै मुलुकको भविष्यसँग जोडिएको पर्यटन विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

राजदूत डा.शाक्यले भिजिट नेपाल राज्यको मात्र नभएर नेपालसँग जोडिएका सबै नेपालीको साझा अभियान भएकोले यसलाई सफल पार्नु सबैको दायित्व भएकोले आ(आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान पनि गरेकी थिईन ।

कार्यक्रममा साईप्रसका अबैतनिक महाबणिज्य दुत डा. रामजिवन पन्जियारले साईप्रसको नेपाली समाज सधैं मुलुकको विकास र विस्तारका लागि तत्पर भएकोले भिजिट नेपाल अभियानलाई साईप्रसबाट सहयोग पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।