सु नको मू ल्य अ हिलेसम्मकै उ च्च
काठमाडौं, फागुन ७ । मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार सात सय रुपैयाँमा कारोबार भएको खबर आजको कारोबार दैनिकले छापेको छ।
यस अघि गत २३ पुसमा सुनको मूल्य ७६ हजार पाँचसय रुपैयाँमा कारोबार एको थियो। मंगलबारको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेका कारण यसको असर नेपाली बजारमा पनि परेको हो।
खासगरी अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।
अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔँस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान छ। मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोार भएको छ।


