कमेडी च्याम्पियनको टप ४ बाट बाहिरिएका सुमन कार्कीले यसरी सुनाए खबापु र दले दाईको उप,ध्रो (भिडियो सहित)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर प्रतिस्पर्धी सुमन कार्की बाहिरिएका छन् । आफुले दमदार प्रस्तुति दिंदादिंदै कम भोट पाएको कारण आफु बाहिरिएको स्वीकारेका सुमन अहिले खुशी नै छन् ।

क्यानाडा नेपालसंगको कुराकानीमा सुमनले आफु बाहिरिएकोमा दुखि भन्दा बढि खुशी भएको उल्लेख गरेका छन् । कमेडी च्याम्पियनमा रहेका प्रतिस्पर्धीहरु सबै नै भाग्यमानी हुन् भन्ने उनको बुझाई रहेको छ । आफ्नो कलालाई लाखौं सम्म पुगेको भन्दै भोट कम पाएर बाहिरिनु परेकोमा दुखी नभएको सुमनले सुनाए । बरु शोको क्रममा भएको रमाईलो देखि साथीहरुको उपध्रोलाई चाही मिस गरिरहेका छन् ।

सुमन कोईराला र खबापुको उ,प,ध्रोलाई सम्झिदै सुमन कार्कीले भने, “हामी आफ्नो प्रस्तुतिको तयारी गर्दा होस् या स्क्रिप्टमा सल्लाह गर्दा, संधै रमाईलो हुने गर्थ्यो र एक अर्कालाई सहयोग गर्दै प्रस्तुति तयार गर्ने गर्थ्यौ ।

प्राय सबैको आ-आफ्नै खुबी छ र सबैले जित्न सक्ने सम्भावना छ तर जसले भोट बढि पाउँछ उसैले २० लाख पैसा लान पाउछ । हामीले त जसले जितेपनि २० लाख भाग लाउने भनेर सल्लाह समेत गरेका थियौ । त्यस्तो राम्रो दोस्ती थियो हाम्रो शो भित्र हुँदा ।” सुमन कार्की अब नयाँ कार्यक्रम टिभीमा वा युट्युबमा लिएर दर्शक सामु आउने तयारी गरेको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।