कार्यदलको प्रतिवेदन जस्तो आएपनि एमसीसी पारित हुन्छ – भट्टराई (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने जानकारी दिएका छन् । नेपाल-भारतबीच पछिल्लो समय सरकार-सरकारबीच र जनतस्तरमा पनि सुमधुर सम्बन्ध रहेको उनको भनाई छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जानकारी दिए । उनले भने,‘उहाँ कहिले नेपाल आउनुहुन्छ भनेर म मिति त भन्न सक्दिन् । तर, निकट भविष्यमा उहाँको नेपाल भ्रमण हुन्छ । त्यसको तयारीमा हाम्रो सरकार जुटिसकेको छ ।

एमसीसी संसदबाट यसै हप्ता पारित हुने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले विवादित एमसीसी पारित हुने बताएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलको प्रतिवेदन जस्तो आएपनि पारित हुने भट्टराईको दावी छ ।

एमसीसीको विरोध गरेका कार्यदल संयोजक झलनाथ खनाल र संदस्य भीम रावलले पहिला समर्थन गरे पनि अहिले वि,रोध गरेको भट्टराईको जिकिर छ । खनाल र रावलकै सहमतिमा सरकारले एमसीसी अगाडि बढाएको उनको भनाई छ ।

फरक प्रसंगमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा छिटै आउँने बताए । मोदीसँग इन्ट्रि परमिटको बारेमा फेरी छलफल हुने पनि भट्टराईले बताएका छन् ।

भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीबाट नेपाल हवाइमार्गमार्फत यात्रा गर्दा ‘इन्ट्री परमिट’ अनिवार्य गरिएको हो ।

नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले दिल्लीबाट हवाइ यात्रामार्फत काठमाडौं फर्कदा राहदानी अनिवार्य गरिएको हो । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले यो नियम ल्याएको हो ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।

तर, भारतीय नागरिकलाई भने यो नियम लगाइएको छैन । अर्थात सडक यात्राबाट नेपाल आएका भारतीयहरु हवाईमार्ग हुँदै स्वदेश फर्कन चाहेका इन्ट्रि परमिट आवश्यक पर्दैन । यसरी नेपाली नागरिक केन्द्रित गरी नियम ल्याइएको भन्दै विज्ञहरुले असन्तुष्टि जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।