सुनको भा उ ७ वर्षकै उ च्च बि न्दुमा
एजेन्सी । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर सात वर्षकै उच्च बिन्दुमा उक्लिएको छ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै यसको प्रकोपले विश्वव्यापी अर्थतन्त्र प्रभावित बनाउने भय बढेको छ । यस्तोमा लगानीकर्तामा सुरक्षित लगानीका सम्पत्तिप्रति आकर्षण बढ्दा सुनको भाउले टेवा पाएको हो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा बिहीवार शुरूआती कारोबारदेखि नै सुनको भाउ बढ्न थालेको थियो । मध्याह्न्नपछिको कारोबारमा स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ६१८ डलर ८४सेन्टमा पुगेको थियो । यो सन् २०१३ को फेबु्रअरीयताकै उच्च हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार राति साढे ८ बजे स्पट गोल्ड प्रतिऔंस शून्य दशमलव ५२ प्रतिशत बढेर १ हजार ६१५ डलर ७८ सेन्टमा आएको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स पनि प्रतिऔंस १ हजार ६११ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो ।
‘कोरोना भाइरसको समस्या हेडलाइनमा रहेसम्म सुनको भाउले अहिलेकै स्तरमा राम्रो टेवा पाइरहनेछ, स्थिति खराब भयो भने चाँहि सुनको भाउ थप उकालो लाग्न सक्छ,’ एसपी एन्जलका विश्लेषक रहेको सेर्गे रेभस्केईले भने । पछिल्ला केही दिनमा सुनको भाउ निरन्तर बढेपछि लगानीकर्तामा नाफा कमाउने होडबाजी देखिएको छ । तर, समग्रमा वातावरण भने सुनको लागि अनुकूल रहेको उनी बताउँछन् । चीनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम सुस्ताएको भए पनि दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या बढेको थियो ।
त्यहाँ भाइरस संक्रमितको मृत्यु भएपछि संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता बढेको छ ।


