आज से ना दिवस : सै निकमञ्च टुँडीखेलमा विशेष कार्यक्रम गरि मनाइँदै

काठमाडौं, ९ फागुन । मुलुकको प्रमुख सुरक्षा अंगका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदैछ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरुकाे साथै उच्च पदस्थ सरकारी कर्मचारीले सहभागी हुनेछन् ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्बभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय काम गर्दै आएको नेपाली सेनाले युद्धग्रस्त बिभिन्न देशहरुमा शान्ति स्थापनामा पनि निर्णायक भूमिका खेल्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ ।

सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसङ्गीत पनि प्रस्तुत गर्नेछ ।-न्यूज२४

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖