एक सिजनमै अढाईलाख सम्म आम्दानी दिने एभोकाडोको बोट (भिडियो सहित)
धनकुटा । धनकुटाका एक किसानले एउटा एभोकाडोको बोटको डेढ लाख रुपैयामा बिक्रि गरेका छन् । धनकुटा नगरपालिका वडा नम्बर चार स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ बर्षे पुरानो बोटमा फलेको एभोकाडो यो बर्ष डेढ लाख रुपैयामा बिक्रि गरेका हुन् ।
उनको सो बोटमा करिब १२ क्बिन्टल भन्दा बढि एभोकाडो फलेको थियो । गत बर्ष यहि बोटवाट उनले करिब दुईलाख पचास हजार आम्दानी गरेका थिए । यो बर्ष सो बोटमा गत बर्ष भन्दा कम उत्पादन भएको उनले बताए । सो बोट उनका बुवाले २०५० तिर सालमा रोपेको तामाङ्गले बताए ।

तामाङ्गको बारीमा अन्य सय भन्दा बढि बोट एभोकाडो रहेका छन् । जसमा करिब तिस बोट अहिले फल दिने अबस्थामा रहेका छन् । अन्य बोटवाट भने प्रतिबोट दश हजार देखि ४० हजार सम्ममा बिक्रि हुने अबस्थाका छन् । तामाङ्गले भने यो बर्ष एभोकाडोबाट करिब सात लाख कमाइ हुन्छ ।
२०५८ सालमा रोजगारको क्रममा खाडि मुलुक पुगेका तामाङ्ग करिब आठ बर्ष पछि नेपाल फर्किएर आफ्नो बुवाले सुरु गरेको एभोकाडो खेति तर्फ लागेका थिए । उनको बारीमा सुन्तलाको बोट पनि छन् तर सुन्तलामा बढ्दो रो ग किराको प्र,कोपको कारण सुन्तलाको उत्पादन घ ट्दो अबस्थामा छ । त्यसैले उनि सुन्तला मा सेर एभोकाडोको खेति तर्फ लागेका बताउछन् । p100


