बिजुलीकाे महशुल आधा सस्तो हुँदैछ – कुलमान घिसिङ (भिडियो सहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्याउनेमा अनिच्छा प्रकट गर्नुभएको छ । जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य गरिरहनु त्यति राम्रो नहुने भन्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।

सरकार वा सबै क्षेत्रले चाहना गरेमा भने आफूले गरिरहेको कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तीन वर्षमा हरेक नेपालीको घरघरमा बिजुली पुर्याइने घिसिङले दाबी गर्नुभएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे बेला तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले आफूलाई यो स्थानमा अवसर दिएको उहाँकाे भनाइ छ ।

घिसिङले आफ्नो कार्यकालका सबै सरकार र सम्बन्धित निकायले सहयोग गरेका आज देशमा लोडसेडिङ अन्त्य भएको बताउनुभएको छ । बिजुलीको महशुल आधा सस्तो बनाउने गरी प्राधिकरणले प्रस्ताव गरेको र छिट्टै घरायासी सँगै औधोगिक महशुल समायोजन हुने उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।