पाँचखालका स म्पदा खोज्न ‘जि योफिजिकल सर्वे’

काभ्रे । खोज अनुसन्धानका क्रममा पाँचखाल नगरक्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ । उक्त क्षेत्रमा करिब एक वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले जियोफिजिकल सर्वे गर्ने जनाएको हो ।

पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताए । उनले भने, ‘सबै सम्पदा क्षेत्रमा उत्खनन सम्भव छैन, त्यसैले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्नैपर्छ ।’ जियोफिजिकल सर्वे खर्चिलो भएकाले बजेट व्यवस्थापन नगरी सम्भव नभएको उनले बताए ।

स्थानीय तह तथा अन्य कुनै निकायबाट बजेट उपलब्ध गराउनसके यसै वर्ष अन्यथा विभागमार्फत आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर उक्त सर्वे गरिने गौतमले बताए । उनका अनुसार पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्वे उपयुक्त देखिन्छ । ‘प्रवधि महङ्गो भएकाले योजनाबद्ध तवरले लाग्नुपर्छ, पाँचखाल ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिन्छ’, उनले भने ।

गौतमका अनुसार जियोफिजिकल सर्वे मेशिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्न लागिएको हो ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अँगारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाईन भेटिएको थियो । आचार्यले भने, ‘उत्खनन् क्षेत्रको संरक्षण र अवैध उत्खनन् रोक्नु आवश्यक छ ।’ स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङ्गाको गारो कोठाकोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमिनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो । पाँचखाल नगर क्षेत्रमा स्थानीय बुढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो ।

यस्तै पाँच महिनाअघि खोजका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेंसीमा फेलापरेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुई वटा थाममध्ये एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको छ । नगरवासीले संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले गत मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।