साऊदीमा आँ,धीहुरी – मोरङका कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गयो

दमक । साउदी अरेबियामा सडक दु,र्घट,नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा,इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँ,धीहुरी चलेको थियो सोही आँ,धीहुरीका कारण चौलागाईले चलाएको गाडी दु,र्घट,नामा परेको कम्पनीले जनाएको छ ।

मृ,तक अर्का ब्यक्ति र घा,इतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक प,ल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दु,र्घट,नामा जम्मा १२ वडा सवारीसाधनमा क्ष,ति पुगेको साउदी प्रहरीले जनाएको छ ।

२७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसए मा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दु,र्घट,नामा परेका हुन् । उनको श,व नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । श,व कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।

यता परिवारले पनि कृष्णको मृ,त्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको श,व नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ,तकका दाजु सरोज चौलागाईले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।