पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने सरकारको निर्णय
काठमाडौं, १५ फागुन । सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ । विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराउनुभएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हाल्नुभएका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गर्नुहुँदै फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको बताउनुभयो ।

सरकारले पेट्रोलियम पदार्थमा कर लगाउने निर्णय गरेपनि निगमले भने यसका कारणले मुल्य नबढने बताएको छ ।


