निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वा,त्तै घट्यो
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ह्वा,त्तै घटेको छ । केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आइतबार एकैपटक तोलामा १२ सयले घ,टेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ७९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आइतबार एक हजार दुई सयले घटेर ७८ हजारमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी २० रुपैयाँले घटेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



