पूर्व डिआईजीसहित ४ जनावि,रुद्ध भ्र,ष्टाचार मु,द्दा दायर
काठमाडौं, फागुन २० । पूर्व डिआईजीसहित चार जनावि,रुद्ध भ्र,ष्टाचार मु,द्दा दायर भएको छ । पूर्व डिआईजी महेशबिक्रम शाह, सई दीपेन्द्र पनेरु, हवल्दार केशवसिंह ऐरी तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी संजिव बिशंखेवि,रुद्ध अख्तियार दु,रुपयोग अनुसन्धान आयोगले मु,द्दा दायर गरेको हो ।
तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ बैशाख २७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई २०७२ पौष २२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको २०७२ माघ ११ गतेको पत्रले माघ महिनादेखिको तलव र भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएको थियो । उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्र,ष्टाचार गरेको अख्तियारको दा,बी छ ।
अख्तियारको अनुसन्धानमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आब २०७२ ०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलव भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र २०७२ माघ १८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ माघ १ गतेबाट नै तलव भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ ८८ पैसा गरी तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा तलव भत्ता तलवी भरपाईमा कि,र्ते दस्तखत गरी बाँ,डिचुडी खाएको खुलेको छ ।
नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निजहरुको सो कार्य भ्र,ष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएको छ । उनीहरुलाई बिगो तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा कायम गरिएको छ ।
उनीहरुलाई बिगोसहित भ्र,ष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हा,निनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्र,ष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको आउोगले जनाएको छ ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको छ । उनलाई भ्र,ष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम क,सुर गरेको हुँदा सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम स,जाय हुने गरी विशेष अदालत, काठमाडौंमा मु,द्दा दायर गरिएकोअख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।


