विद्यार्थीहरुमा रु,घाखोकी र ज्वरो आउने स,मस्या देखिएपछि विद्यालय व,न्द गरियो

धनकुटा खबर, फागुन २० । धनकुटाको चौविसे गाउँपालिका २ केरावरीको वालकल्याण आधारभूत विद्यालय आईतवार सम्मका लागि वन्द गरिएको छ ।

कक्षा १ देखी ३ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयका विद्यार्थीहरुमा रु,घाखोकी र ज्वरो आउने स,मस्या देखिएपछि विद्यार्थीहरुलाई उल्लेखित मिति सम्मका लागि विदा दिईएको २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ७ जना एकै पटक विरामी भएपछि १८ गते मलाई जानकारी आयो । त्यसपछि १९ गते स्वाथ्य चौकी ईञ्चार्ज सहितको टोलि पठाएर त्यहाँ अध्ययनरत सवै विद्यार्थीहरुको स्वास्थ्य जाँच गरियो ।

स्वास्थ्य जाँचको क्रममा रुघा खोकी लागेको पाईएपछि अभिभावक,विद्यालय व्यवस्थापन समिति र आफुहरुको सल्लाहमा विद्यार्थीहरु केही दिन आरम गरुन भनेर आज देखी आईतवार सम्मका लागि विदा दिईएको हो ।” विद्यालयलाई उ,धृत गर्दै वडाध्यक्ष लिम्वुले स्थानिय विदामा मिलान हुने गरी नै विद्यार्थीहरुलाई यो विदा दिईएको पनि स्पष्ट पार्नुभयो ।

विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । यो विषयमा वुझ्न विद्यालयको प्रधानाध्यापकलाई फोन गर्दा फोन लागेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।