सुनको भाउले आज नयाँ रेकर्ड कायम गर्यो, यस्तो छ बजार मुल्य

काठमाडौं, २१ फागुन । सुनको भाउले आज (बुधबार) नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ८० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । जबकि मंगलबार छापावाला सुन तोलामा ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।