कोरोना त्रा,स – धनकुटामा संस्थागत विद्यालयकाे वार्षिक परीक्षा चैत ५ गते सम्म सक्ने
धनकुटा खबर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरसको सं,क्रमणवाट स,र्तकता अपनाउदै धनकुटाकाे संस्थागत विद्यालयहरुमा यस वर्षकाे वार्षिक परीक्षा आउदाे चैत ५ गते सम्म सक्ने निर्णय भएकाे छ ।
नेपाल सरकार, केन्द्रिय प्याव्सन, प्रदेश प्याव्सन र धनकुटा जिल्ला प्याव्यसनको निर्देशन अनुसार धनकुटा जिल्लामा रहेका संस्थागत विद्यालयहरुको कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षा आगामी चैत ५ गते सम्म सक्ने निर्णय गरिएको संस्थागत विद्यालयहरुकाे संगठन प्याव्सन धनकुटाले जनाएकाे छ ।
जिल्ला प्याव्सन धनकुटाका अध्यक्ष प्रेम सुव्वाको अध्यक्ष्तामा आज वसेको वैठकले त्यस्तो निर्णय गरेको हो । साेही निर्णय अनुसार सम्पूर्ण संस्थागत विद्यालयहरुलाई यस विषयमा सु-सुचित तथा पत्राचार गराई सकिएको अध्यक्ष लिम्वुले वताउनुभयो । धनकुटा जिल्लामा जम्मा ४६ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।


