यिनै हुन् ओलीको श ल्यक्रिया सफल गरी मि र्गौला प्र त्यारोपण गर्ने डाक्टर !

काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलता पूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । प्रधान मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो। डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो।

त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए। नयाँ मिर्गौलाले काम गर्न थालेको र प्र’त्यारोपण सम्पन्न भए पछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले बताए। शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।” ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा.अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका हुन्। सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्र’त्यारोपणका लागि अनुकुल बनाइएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो।

त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए। त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतले दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिने बताएको छ। बाह्र वर्ष अघि ओलीले भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए। मिर्गौलाको समस्या देखिए पछि ओलीले देश तथा विदेशमा परीक्षण तथा उपचार गराएका थिए। त्यसै क्रममा गत वर्ष अगस्ट महिनामा उनी डेढ साताका लागि सिङ्गापुर गएका थिए। यसअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएको र उपचारका लागि पटकपटक विदेश गएका भए पनि ओलीले यस पटक स्वदेशमै प्रत्यारोपण गराउने निर्णय गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।